कोरोना अपडेट: प्रदेश-५ मा संक्रमणमुक्त हुनेहरूको संख्या सबैभन्दा धेरै
प्रदेशमा-५ मा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या अन्य प्रदेशको तुलनामा धेरै देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार प्रदेश-५ मा कोरोनाबाट संक्रमणमुक्त हुनेहरुको संख्या ४०७० छ।
जहाँ आजको तथ्याङ्क अनुसार सक्रिय संक्रमितको संख्या ३३५ छ।
अन्य प्रदेशको तुलनामा प्रदेश-५ मा कोरोना संक्रमणपछि निको भएका व्यक्तिहरूको संख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा धेरै हो।
मंगलबारसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश-५ पछि संक्रमणबाट निको हुने व्यक्तिको संख्या सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी छ।
सुदुरपश्चिम प्रदेशमा ३२७६ जना व्यक्ति निको भइसकेका छन्।
त्यहाँ मंगलबारसम्ममा १५५५ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यसपछि निको हुनेहरूको संख्या प्रदेश-२ मा ३१८४, कर्णालीमा १७३०, गण्डकीमा १३४८, प्रदेश-१ मा ८७५ र बागमती प्रदेशमा ५४३ छ।
मंगरबारसम्म मुलुकभर कोरोना संक्रमणपछि निको हुनेहरुको कुल संख्या १५०२६ छ। यसअघि १५ साउनसम्ममा प्रदेश–५ मा कोरोना संक्रमणबाट निको हुनेहरूको संख्या ३९१८ थियो।
१५ साउनसम्म प्रदेश-५ मा ४३१ जना कोरोनाका सक्रिय संक्रमित थिए। ९ साउन सम्ममा कोरोनाबाट निको हुनेहरूको संख्या प्रदेश-५ मा ३८७० र सक्रिय संक्रमितको संख्या ३५४ थियो।
त्यतिबेला कोरोना संक्रमणबाट निको हुनेहरूको संख्या सबैभन्दा कम बागमती प्रदेशमा ४५८ थियो।
३ साउन सम्ममा प्रदेश-५ मा कोरोना संक्रमणबाट निको हुनेहरूको संख्या ३७१५ र सक्रिय संक्रमितको संख्या ४१४ थियो।