बजेट पारित गरेको विवरण नपठाउने १५१ स्थानीय तहलाई तेस्रोपटक ताकेता (सूचीसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट पारित भएको विवरण नपठाएको भन्दै तेस्रोपटक ताकेता गरेको छ।
स्थानीय तहहरूले आगामी आर्थिक वर्षको बजेट पारित गरेको विवरण संघीय मामिला मन्त्रालयको तोकिएको ढाँचामा पठाउन (वेबसाइटमा अपलोड गर्न) भन्दै आए पनि अझै नगरेपछि ताकेता गरेर पत्राचार गरिएको मन्त्रालयले जनाएको छ।
यो पनि:
मन्त्रालयले ताकेता पत्रमा विवरण अपलोड नगर्ने १५१ स्थानीय तहको नाम पनि उल्लेख गरेको छ।
'पत्रमा स्थानीय तहहरूले आर्थिक वर्ष २०७७-७८ को बजेट विवरण हालसम्म पनि मन्त्रालयको वेबसाइटमा अपलोड नगरेको पाइएकाले तत्काल तोकिएको ढाँचामा सो विवरण अपलोड गर्न' भनिएको छ।
नगरपालिका संघ र गाउँपालिका महासंघका अनुसार कानून अनुसार स्थानीय तहले १० असारसम्म आगामी आर्थिक वर्षको बजेट गाउँ-नगरसभामा पेश गरिसक्नुपर्ने र असार महीना भरिमा पारित गर्नुपर्ने भएपनि ५३ स्थानीय तहले बजेट पारित गरेका छैनन्।
पत्रमा उल्लिखित सबै स्थानीय तहहरूले बजेट पारित नै नगरेको भन्ने होइन, पठाउनुपर्ने विवरण नपठाएकाले पत्राचार गरेको मन्त्रालयको भनाइ छ।
बजेट पारित गरेको विवरण पठाउन यसअघि पहिलोपटक ७ असारमा, दोस्रो पटक ४ साउनमा र तेस्रो पटक १८ साउनमा मन्त्रालयले पत्राचार गरेको हो।