उपत्यका भित्रिने नाकामा गरिएको परीक्षणमा थपिए ४० जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले भित्रिने नाकामा थालेको पीसीआर परीक्षणमा मंगलबार ४० जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार उपत्यका भित्रिने विभिन्न नाकाहरूमध्ये नागढुंगाबाट भित्रिनेहरूमा सबैभन्दा धेरैलाई संक्रमण देखिएको छ।
विभिन्न नाका गरी १०८५३ जनाको कोरोना परीक्षण गरेकोमा ४० जनालाई संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
त्यसमध्ये नागढुंगामा १६ जना, साँगामा १३ जना र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना संक्रमण देखिएको हो।