गणतन्त्र र सङघीयतामा जनमत संग्रह हुँदैन : महामन्त्री कोइराला
नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएकालेयसको विषयमा जनमत संग्रह नहुने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले ७ चैत्रमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूृले गणतन्त्र र सङ्घीयताका विषयमा जनमत संग्रह गर्नुपर्छ नभनेको बताए ।
“गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ”, उनले भने ।
तर धार्मिक स्वतन्त्रताको पक्षमा जनमत सङ्ग्रह गर्न सकिने बताउँदै महामन्त्री कोइरालाले हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाली काङ्ग्रेसको अन्तिम बिन्दु धार्मिक स्वतन्त्रता नै रहेको उनले स्पष्ट पारे ।
सरकारले वार्ता र सम्वादमार्फत् समस्याको सामाधान खोज्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी ९विप्लव० समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको भएको कोइरालाको भनाइ छ ।
जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको तर्क गरे ।
काङ्ग्रेस प्रतिपक्ष भए पनि सो अनुसारको भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ छ ।