क्वारेन्टिनका चौकीदारले आगो लगाएर गरे आत्महत्या
रुपन्देहीको देवदह नगरपालिका–५ मितेरी टोलका एक युवाले आफैलाई आगो लगाएर आत्महत्या गरेका छन्। देवदहको शितलनगरस्थित आदर्श क्याम्पसको क्वारेन्टिनमा चौकीदार बसेका बिपिन बस्याल (२४) ले आत्महत्या गरेका हुन्।
बस्यालले मंगलबार बिहान ३ बजेतिर मट्टितेल खन्याएर आगो लगाएका थिए। घाइते बनेका उनलाई देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि पाल्पा लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
चौकीदारले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। कोभिड महामारी फैलिएपछि क्वारेन्टिनमा काम गर्दै आएका थिए।