साक्षात पन्तको ‘तर, म दलित’ सार्वजनिक
ललितपुरस्थित ज्ञानोदय बालबाटिकामा कक्षा ९ मा अध्धयनरत १४ वर्षीय साक्षात पन्तले जातीय विभेद विरुद्ध र्याप गीत गाएका छन्।
पन्तले समाजमा भइरहेको जातीय विभेदको विरोध स्वरुप ‘तर, म दलित’ बोलको र्याप गीत गाएको बताएका छन्। जाजरकोटका नवराज विक र उनका साथीहरुलाई मारिएको घटनाले आफूलाई भित्रैबाट छोएकोले गीत लेखेको बताए।
जातकै कारण कसैले पनि मर्नु हुँदैन सबै जना बराबर हौं, भन्ने कुरालाई शब्दमा उतारेको बताए उनले भने, “गैर दलित परिवारमा जन्मे हुर्केको हुँ। तर, मलाई घर तथा विद्यालयमा सबै मानिसहरु समान हुन्छन् भनेर सिकाइएकाले नवराज लगायतका युवाहरुको हत्याले मलाई अत्यन्त दुखी बनायो । त्यही भावनालाई लेखें र्याप गीत बनाएको हुँ।”
उनलाई कोरसको गायनमा अदिती अधिकारी साथ दिएकी छिन्। अमन प्रधानले कोरस मेलोडी कम्पोज गरेका छन् भने संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका छन्। साक्षातले आफनै यूट्युब च्यानल ‘साक्षात’ मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका छन्।