काठमाडौं र ललितपुरका यी ठाउँमा भेटिए नयाँ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)ले बिहीबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएको जनाएको छ।
ईडीसीडीका अनुसार काठमाडौंको दक्षिणकाली, जोरपाटी, बानेश्वर, वनस्थली, अनामनगर, महाराजगञ्ज, कीर्तिपुरलगायतका क्षेत्रमा कोरोना संक्रमित भेटिएका छन्।
यस्तै ललितपुरको कुपन्डोलमा पनि कोरोना संक्रमित भेटिएको ईडीसीडीले जनाएको छ। ईडीसीडीका एक अधिकारीले उपत्यकाका अन्य बाँकी ठाउँमा देखिएका संक्रमितहरूको पूरा विवरण आइनसकेको बताए।