दक्षिण सुडान पुग्यो नेपाल एअरलाइन्सको जहाज
नेपाल वायुसेवा निगमको जहाज पहिलो पटक दक्षिण सुडानको राजधानी जुवामा अवतरण गरेको छ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि नेपाली सैनिकलाई पुर्याउन र त्यहाँ कार्यरत सैनिकलाई स्वदेश फर्काउन १४ साउनमा निगमको जहाज दक्षिण सुडान पुगेको हो।
ओमानको राजधानी मस्कट हुँदै दक्षिण सुडानको राजधानी जुवामा ल्याण्ड गरेको एयरबसको उक्त वाइडबडी जहाजले २५० जना नेपाली सैनिकलाई स्वदेश ल्याउनेछ।
राष्ट्रसंघीय शान्ति मिसनका लागि दक्षिण सुडानमा १ हजार ७४६ नेपाली सैनिक कार्यरत छन्।
नेपाली सेना शान्ति मिसनका लागि दक्षिण सुडानमा सन् २०११ देखि जान थालेको हो। विश्वमा विभिन्न १२ वटा मिसनमा नेपाली सेना खटिएको छ।