संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
‘संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ।
संघीय संसदको दुवै सदन (प्रतिनिधि र राष्ट्रियसभा) बाट पारित भएको सो विधेयक र नागरिक लगानी कोष ऐन, २०४७ संशोधन गर्न बनेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
मुलुक संघीय संरचनामा जानुअघि नै आउनुपर्ने संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय गर्ने विधेयक ल्याउन ढिला भएको आवाज उठ्दै आएको थियो।