हिमालयन ब्यांकले ल्यायो सहज–सरल विशेष कर्जा अफर
हिमालयन ब्यांकले सहज–सरल विशेष कर्जा योजना सार्वजनिक गरेको छ। ८.४९ प्रतिशत ब्याजदरमा विभिन्न ६ प्रकारका र ९.८९ प्रतिशत ब्याजदरमा पाँच प्रकारका सहज–सरल विशेष कर्जा योजना ल्याएको छ।
८.४९ प्रतिशत ब्याजदरमा घर कर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा र साना तथा मझौला व्यवसायिक कम्प्लेक्स निर्माण कर्जा रहेको ब्यांकले जनाएको छ।
यस्तै, ९.८९% ब्याजदरमा शेयर धित्तो कर्जा, शिक्षण संस्थाका लागि दिइने कर्जा, व्यक्तिगत साना व्यवसायिक कर्जा, सुबिधा कर्जा र व्यक्तिगत कर्जा छन्। ब्यांकले १०.३९% व्याज दरमा व्यवसायिक सवारी साधन कर्जा पनि ल्याएको छ।
दश वर्षको अवधि सम्मका लागि पाइने एसएमई कर्जा ग्राहकहरुले न्यूनतम पाँच लाख देखि छ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन्।
ब्यांकले घर कर्जाको सीमा एक करोड रुपैयाँ तोकेको छ। ग्राहकहरुले घर निर्माण वा घर–जग्गा खरीदका लागि यो कर्जा उपयोग गर्न सक्नेछन्। शैक्षिक कर्जा अन्तर्गत स्वदेश वा विदेशमा पढ्न चाहने विद्यार्थीलाई उपयोगी हुने ब्यांकले जनाएको छ।
विशेष आर्कषणको रुपमा उपरोक्त बिशेष सहज–सरल कर्जा योजनामा लागू हुने व्याज दरको प्रिमियम न्युनतम एक वर्षको लागि स्थिर रहने व्यवस्था गरेको छ।
सम्पूर्ण कर्जाहरुको सेवा शुल्क पनि हालसम्मको न्युन रहने ब्यांकले जनाएको छ। यी कर्जाका ग्राहकहरुले क्रेडिट कार्डको सुबिधा पनि एक वर्ष निःशुल्क पाउनेछन्।