उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित
आइतबार देशभर भेटिएका १३० जना कोरोना संक्रमितमध्ये उपत्यकामा ८ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ३–३ जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार यससँगै आइतबार ३३०० सय जनाको पीसीआर परीक्षण भएकोमा १३० जनामा कोरोना पोजेटिभ देखिएको हो।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म देशभरी १८६१३ जना कोरोना संक्रमित पुगेका छन। जसमा आजसम्म जम्मा १३१२८ जना निको भएर घर फर्किएका छन। आइतबार ७५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
प्रवक्ता डा. गौतमका अनुसार आजसम्म प्रदेश नम्बर १ मा ७५५, प्रदेश नम्बर २ मा २९४४, बागमती प्रदेशमा ४६८ र गण्डकी प्रदेशमा ११५१ जना निको भएर घर फर्किएका छन। यस्तै प्रदेश नम्बर ५ मा ३९०३, कर्णाली प्रदेशमा १५८५ र सुदूरपश्चिम प्रदेशमा २३०२ जना डिस्चार्ज भएका छन्।
अहिले देशभरी ५४४० जना सक्रिय संक्रमित रहेका छन्। प्रदेश नम्बर १ मा १८६, प्रदेश नम्बर २ मा १८७३, बागमती प्रदेशमा ४४४ र गण्डकी प्रदेशमा २९४ जना आइसोलेसनमा उपचाररत रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ३५८, कर्णाली प्रदेशमा ३६७ र सुदूरपश्चिम प्रदेशमा १९१८ जना संक्रमित उपचाररत रहेका छन्।
आइतबार प्रदेश नम्बर १ मा २०९३, प्रदेश नम्बर २ मा २७४७, बागमती प्रदेशमा १ हजार २९४ र गण्डकी प्रदेशमा ३४४९ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २५३९, कर्णाली प्रदेशम ९४८ र सुदूरपश्चिम प्रदेशमा ४८३३ जना क्वारेन्टिनमा रहेका छन्।