छन्तुमा रहेको वाणिज्यदूतावास बन्द गर्न अमेरिकालाई चीनको ७२ घण्टे अल्टिमेटम
चीनको सिचुवान प्रान्तस्थित छन्तुमा रहेको अमेरिकी वाणिज्यदूतावास बन्द गर्न चीनको विदेश मन्त्रालयले शुक्रवार अमेरिकालाई ७२ घण्टे अल्टीमेटम दिएको छ।
अमेरिकाको ह्यूस्टनमा रहेको चिनियाँ वाणिज्यदूतावासमा आगजनी गरेर बन्द गराएपछि क्रुद्ध भएको चीनले बदलामा यस्तो निर्णय लिएको विश्लेषकहरूले प्रतिक्रिया दिएका छन्।
गएको मंगलबार अमेरिकाको ह्यूस्टनमा रहेको चिनियाँ वाणिज्यदूतावासमा आगजनी भएको थियो। त्यसको भोलिपल्ट अमेरिकाले चीनलाई यथासक्य चाँडो उक्त वाणिज्यदूतावास खालि गर्न निर्देशन दिएको थियो। त्यसलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेर प्रतिक्रिया दिएको चीनले त्यसको केही समयपछि अमेरिकाको वाणिज्यदूतावासलाई पनि ७२ घण्टे अल्टीमेटम दिएर बन्द गर्ने भनेको हो।
चीनको विदेश मन्त्रालयले शुक्रवार बिहान अमेरिकी दूतावासलाई वाणिज्यदूतावास हटाउनका लागि जानकारी गराएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ।