व्यवसायी भन्छन्– बन्दाबन्दी खुले पनि बाह्य पर्यटक डिसेम्बरसम्म आउँदैनन्
सरकारले कोरोनाभाइरस महामारीले सिथिल बनेको पर्यटन व्यवसायलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने निर्णय गरे पनि नेपालमा बाह्य पर्यटक आवागमन आगामी डिसेम्बरसम्म सम्भव नरहेको पर्यटन व्यवसायीहरुको भनाइ छ ।
सरकारले चार महीना लामो बन्दाबन्दी मंगलबार रातिबाट अन्त्य गर्दै सरकारले मापदण्ड बनाएर बन्द रहेका सेवा सुचारु गर्ने निर्णय गरेको छ। पर्यटन व्यवसाय सञ्चालनका लागि भने एक साता कुर्नुपर्नेछ।
अब १५ साउनदेखि होटल, रेष्टुरेन्ट ट्रेकिङ ट्राभल र पर्यटनसँग सम्बन्धी व्यवसाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको निर्देशिका अनुसार सञ्चालनमा आउने छन्। तर, पर्यटन व्यवसायी खासै उत्साही छैनन्।
होटल एशोसियन नेपाल हानका पूर्व अध्यक्ष योगेन्द्र शाक्य कोरोनाभाइरसका कारण बन्द रहेका सेवा सुचारु गर्ने सरकारको निर्णय सकारात्मक भए पनि नेपालमा पर्यटकको आवागमन तत्काल सम्भव नरहेको बताउँछन्। “सरकारको निर्णयले आन्तरिक पर्यटनका केही गतिविधि हुन सक्लान्, त्यसले साना होटल र रेष्टुरेन्टलाई बाँच्ने मेसो हुन्छ, तर बाह्य पर्यटन प्रवर्द्धनको काम गरिरहेका ट्राभल
बन्दीबन्दी खुलेपछि आन्तरिक पर्यटनमा आधारित होमस्टेमा बढ्ने गतिविधिले न्यून आय भएका मानिसको जीविकोपार्जनमा भने सहयोग पुग्नेछ। होमस्टे एशोसिएसन नेपालका केन्द्रीय सचिव कृष्ण चौधरी होमस्टेहरुलाई सरकारको निर्णयले ठूलो राहात मिल्ने बताउँछन्। “गुमेका रोजगारीका अवसरले गाउँले मानिसको जीविकोपार्जनमा ठूलो मद्दत हुन्छ,” चौधरी भन्छन्।