मेसी र रोनाल्डोको बर्चश्व रहँदै आएको बालोन डी’ओर यस पटक नदिइने
फुटबल क्षेत्रको प्रतिष्ठित पुरस्कार बालोन डी’ओर यस वर्ष प्रदान नगरिने भएको छ। कोभिड महामारीका कारण यो वर्ष यो प्रतिष्ठित पुरस्कार वितरण नगरिने भएको हो।
फ्रेञ्ज फुटबलले महामारीका कारण यस वर्ष यो पुरस्कार वितरण स्थगित गरिएको जानकारी दिएको छ। बालोन डी’ओर वितरण गर्न थालिएको ६४ वर्षे इतिहासमा पहिलो पटक यो पटक रोकिएको हो। सन् १९५६ देखि लगातार सर्वोत्कृष्ठ खेलाडीले यो पुरस्कार पाउँदै आएका थिए।
पछिल्लो दशक भने यो पुरस्कारमा विश्व चर्चित स्ट्राइकरहरु लियोनेल मेसी र क्रिश्चियानो रोनाल्डोको बर्चश्व रहँदै आएको थियो। मेसीले ६ र रोनाल्डोले पाँच पटक यो पुरस्कार जितेको छ। गत वर्ष भने लिभरपुलबाट ब्यावसायिक फुटबल खेल्ने नेदरल्याण्डसका डिफेन्डर भर्जिल भान डाइकले यो पुरस्कार जितेका थिए।
तर, यसपटक विश्वब्यापी महामारीबाट फ्रान्स अत्याधिक प्रभावित भएकाले यो पुरस्कार बितरण नगरिने जनाइएको छ।