ला लिगामा रामोसको कीर्तिमान
यो सिजनको च्याम्पियन रियल मड्रिडका कप्तान सर्जियो रामोसले नयाँ कीर्तिमान बनाएका छन्। एक खेल बाँकी रहँदै बार्सिलोनालाई पछाडि पार्दै च्याम्पियन बनेको मड्रिडका कप्तान रामोसले आइतबार राति थप एक गोल गरे।
लेगानेस विरुद्ध रामोसले नवौं मिनेटमै गोल गरेका थिए। यो सहित यसपटकको सिजनमा रामोसले १२ गोल गरे। टीमका लागि महत्वपूर्ण गोल गरेका रामोस धेरै गोल गर्ने पहिलो डिफेन्डर बनेका छन्।
यसअघि ला लिगामा गेटाफेका डिफेन्डर मारिनो पेर्नियाले एकै सिजनमा १० गोल गरेका थिए। टीमलाई च्याम्पियन बनाउन रामोसले कोभिड महामारी पछाडि पुनःसञ्चालन भएको खेलमा ६ गोल गरे। लगातार दश खेल जित्दै उपाधि जितेको मड्रिडका लागि बनाएको कीर्तिमान अर्को डिफेन्डरले तोड्न केही समय कुनुपर्ने हुनसक्छ।
हुन पनि २५ गोल गरेर विश्व चर्चित स्ट्राइकर लियोनल मेसीले गोल्डेन बुट जित्दा १२ गोल त डिफेन्डर रामोसले गरेका छन्। मड्रिडका लागि करिम बेञ्जिमाले यसपटक सर्वाधिक २१ गोल गरे।