राखेप सदस्य सचिवका लागि २७ जनाको आवेदन (सूचीसहित)
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदका लागि आह्वान गरिएको आवेदनमा खुला प्रतिस्पर्धाका लागि २७ जनाले आवेदन दिएका छन्।
सदस्य सचिव सिफारिस समितिले एक हप्ताका लागि आह्वान गरेको खुला दर्खास्तमा बिहीवार अन्तिम दिन २७ जनाको आवेदन परेको हो।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिँदै बिहिबारसम्मका लागि दर्खास्त आह्वान गरेको थियो।
मन्त्रालय स्रोतका अनुसार आवेदकहरूले ईमेल र स्वयं उपस्थित भएर दर्खास्त हालेका छन्। राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राखेपको सदस्य सचिव छनोट गर्न लागिएको हो।
नयाँ ऐन अनुसार सदस्य सचिव सिफारिस गर्न मन्त्रालयले सचिव थपलियाको नेतृत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो।
प्राप्त निवेदनलाई सिफारिस समितिले संघीय संरचना अनुसार खेलकुद सञ्चालन र व्यवस्थापनको नेतृत्व लिन सक्ने अवधारणाको पक्षलाई आधार मान्दै सम्भावित सदस्य सचिवको नाम छनोट गर्नेछ।
समितिका एक सदस्यले जनाए अनुसार कार्ययोजनाको अध्ययन गर्दा समितिले कुनै उम्मेदवारसंग थप स्पष्ट हुन चाहेमा बोलाएर छलफल गर्न सक्नेछ तर दर्खास्त दिएका सबै उम्मेदवारको अन्तरवार्ता भने हुनैछैन।
प्रस्तुत कार्ययोजनाकै आधारमा समितिले एक महिला सहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नेछ र सोही नाम खेलकुद मन्त्रीले मन्त्रीपरिषद समक्ष सिफारिस गर्नेछन्।
मन्त्रीपरिषद्ले प्रस्तावित नाम मध्य एक जनालाई चार बर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गर्नेछ।
क-कसको पर्यो दर्खास्त?
रोशन महर्जन - ललितपुर
अनिल अधिकारी - भरतपुर
हर्कबहादुर राई - सोलुखुम्बु
मिना श्रेष्ठ -सुनसरी
शिवराज भट्ट - डडेलधुरा
लिलबहादुर थापा - बाग्लुङ्ग
रवि राजकर्णिकार -काठमाडौं
अचुतम लामिछाने - काठमाडौं
निलम सिंह बज्राचार्य - ललितपुर
रमेशकुमार सिलवाल - धादिङ्ग
मेघराज पौडेल - झापा
रामेश्वर श्रेष्ठ - काठमाडौं
अच्युत खनाल - ललितपुर
मनबहादुर गुरुङ- पोखरा
विजयकुमार राई - , मोरङ्ग
सानुराजा केसी - काठमाडौं
किशोर शाही - काठमाडौं
अन्जु श्रेष्ठ - ललितपुर
सुदिल शाही - ललितपुर
रमेशमान डंगोल - काठमाडौं
ध्रुवराज न्यौपाने - काठमाडौं
खेमराज अधिकारी - बाजुरा
राम पुडासैनी - काठमाडौं
सुनिल नकर्मी - ललितपुर
रणबहादुर चन्द - काठमाडौं
दिपेन्द्र ढकाल - मकवानपुर
तेजबहादुर गुरुङ - कास्की