प्रदेश ५ मा यातायात क्षेत्रको विलम्ब तथा जरिवाना शुल्क मिनाहा
प्रदेश ५ सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा परेकाले गत ११ चैतदेखि असोज मसान्तसम्मको सवारीको विलम्ब शुल्क तथा जरिवाना छुट गर्ने निर्णय गरेको गरेकाे हाे।
मन्त्रिपरिषदकाे साे निर्णयबारे सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिएका हुन्।
“प्रदेशमा झण्डै अढाइ लाख जनशक्ति यातायात क्षेत्रमा आबद्ध छ । त्यसैले यस क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै सात महीनाको विलम्ब शुल्क छुट गर्ने निर्णय गरेका हौं”, मन्त्री चौधरीले भने।
भौतिक मन्त्रालयको प्रस्तावमा सवारी चालक अनुमतिपत्र, सवारी नवीकरण, रुट नवीकरणलगायत सवारीमा लाग्ने जरिवाना छुटको निर्णय गरिएको जनाइएको छ।