नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उच्च वृद्धि
शेयर बजार परिसूचक नेप्से नयाँ आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन ३२.४२ अंकले बढेको छ । ब्यांक तथा वित्तीय संस्थाको शेयर खरीदमा लगानीकर्ता उत्साहित भएपछि नेप्से परिसूचक बढेर १ हजार ३९४ विन्दु पुगेको छ।
सबैभन्दा धेरै एनआईसी लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ । मितेरी विकास ब्यांकको शेयर मूल्य ९.१२ र लक्ष्मी ब्यांकको शेयर मूल्य ९.०९ प्रतिशतले बढेको छ । यद्यपि, ओरियन्टल होटलसहितका कतिपय कम्पनीको मूल्य भने घटेको थियो।
बिहीबार सबै समूहका उपसूचक सकारात्मक भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै ब्यांकिङ समूह ३.५६ प्रतिशले बढेको छ।
बजारमा १८० कम्पनीका रु. १ अर्ब ४ करोड मूल्य बराबरका शेयरको कारोबार भएको थियो।