निर्माणाधीन आयोजनाको समय ६ महीना थपियो
सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई ६ महीनाको समय थप गरेको छ । २९ असार २०७७ मा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बन्दाबन्दीको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनालाई ६ महीनाको थप समय दिने निर्णय गरेको हो।
११ चैत २०७७ देखि जारी बन्दाबन्दीभरिमा खरीद सम्झौता भएका तथा उक्त अवधि भित्रमा सम्झौताको समय सकिने भए पनि बन्दाबन्दीले नै काम नसकिएका आयोजनाको लागि उक्त समय थप गर्ने निर्णय सरकारले गरेको हो।
म्याद थप गर्दा सम्झौता बमोजिम काम सम्पन्न हुन नसकेको अवस्थामा सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा सरकारी अधिकारीले थप लागत नपर्ने सिफारिश भने गर्नुपर्ने शर्त तोकिएको छ।
सरकारले कोभिड १९ को जोखिम न्यूनीकरणका लागि गरेको बन्दाबन्दीले परेको प्रभाव अलपत्र परेका तथा सकिनै लागेका आयोजनाका लागि उपयुक्त निर्णय भएको नेपाल निर्माण व्यवसायी संघले जानकारी दिएको छ।