मोबाइल वालेट र आईएमईबाट रकम पठाउँदा तुरुन्तै जम्मा हुने
आईएमईबाट सोझै ब्यांक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने व्यवस्था मिलाएको आईएमईले जनाएको छ।
अब देश विदेशमा रहेका सेवाग्राहीले नेपालमा रहेका पचासभन्दा बढी ब्यांक र वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा लिन सकिनेछ।
यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा अवस्थित व्यावसायिक साझेदारहरु (एजेन्ट पार्टनर) मार्फत समेत उपलब्ध हुने जनाएकाे छ।
विभिन्न ब्यांकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुने आईएमई लिमिटेडले जनाएकाे छ।