जोनी वाकरका ह्विस्की अर्को वर्षदेखि कागजका बोतलमा
जोनी वाकर स्कच ह्विस्की सन् २०२१ देखि कागजको बोतलमा आउने भएको छ। ती बोतल प्लास्टिकमुक्त हुनेछन्। ह्विस्की उत्पादक कम्पनी डियाजियोले प्लाटिकजन्य फोहोर हटाउन यस्तो निर्णय गरिएको जनाएको छ।
पाइलट लाइट कम्पनीसँगको सहकार्यमा खोलिएको संयुक्त कम्पनीले ती बोतल नरम काठबाट बनाउनेछ। यो बोतल खाद्य सुरक्षा मापदण्ड अनुरुप बनाइने र पुनःप्रयोग गर्न सकिने हुनेछ। डियाजियो र पाइलट लाइटले कागजको बोतल विकास गर्न प्याकेजिङ कम्पनी पल्पेक्स लिमिटेडको स्थापना गरिसकेका छन्।
पल्पेक्सले युनिलिभर, पेप्सी लगायत कम्पनीका लागि पनि कागजका बोतल निर्माण गर्नेछ। ती बोतल आगमी वर्षसम्ममा आउने आशा गरिएको छ। पल्पेक्सले उत्पादन गरेका बोतल ती कम्पनीले गैर–प्रतिश्पर्धी बजारको रुपमा प्रयोग गर्नुपर्नेछ।
उपभोग्य वस्तुको उत्पादन गर्ने कम्पनीहरुले उनीहरुले खानेकुरा र घरायसी सामान प्याकिङ गर्न प्रयोग गर्ने प्लास्टिकको छानबिन गर्न थालेका छन्। युरोपमा सन् २०१८ मा खाद्य र पेय पदार्थ प्याक गर्न ८२ लाख टन प्लास्टिक प्रयोग भएको थियो।
डियाजियोले यसको पाँच प्रतिशतभन्दा कम प्लाष्टिक प्रयोग गर्छ। तर अब युनिलिभर, पेप्सीको र डियाजियोले प्लास्टिक प्रयोग घटाउने संयुक्त कार्यक्रम थालेका छन्।
–द हिन्दूबाट