पच्चीस हजार धरौटीमा वडाध्यक्ष रिहा
महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका कञ्चनपुर भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राम नाथ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालतले उनलाई रु.२५ हजार धरौटीमा रिहा गरेको हो।
अभद्र व्यवहार गरेका भन्दै ब्रम्देवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गराएकी थिइन्।
जाहेरी दर्तापछि अदालतको आदेशमा नाथलाई १० दिन थुनामा राखी अनुसन्धान गरिएको थियो।