इंग्ल्याण्डको घरेलु मैदानमा वेष्टइण्डिज चार विकेटले विजयी
कोभिड महामारी पछाडि भएको पहिलो टेष्टमा इंग्ल्याण्ड विरुद्ध वेष्टइण्डिज चार विकेटले विजयी भएको छ। इंग्ल्याण्ड टूरमा आएको वेष्टइण्डिज विजयी भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा २०४ रन बनाएको थियो। उक्त पारीमा वेष्टइण्डिजका जेसन होल्डरले सनसनीपूर्ण बलिङ गरे। २० ओभर बलिङ गर्दै उनले २.१० को इकोनोमीमा ६ विकेट लिए।
वेष्टइण्डिजले पहिलो पारीमा ३१८ रन बनाए। अर्थात्, इंग्ल्याण्ड ११४ रनले पछाडि परेको थियो। निकै ठूलो रनले पछाडि परेको इंग्ल्याण्डले ३१३ रन मात्रै बनाउन सक्यो। यसपछि २०० रनको लक्ष्य पाएको वेष्ट इजिण्डजले ६ विकेट गुमाउँदै जित निकाल्यो।
शुरुवाती चार विकेट लगातार गुमाउँदै खराब थालनी गरेको वेष्टइण्डिजका लागि जेर्मेइन ब्लायकवुडले सर्वाधिक ९५ रन बनाए। उनको उत्कृष्ट ब्याटिङले सम्हालिएको वेष्टइण्डिजले इंग्ल्याण्डलाई घरेलु मैदानमै पराजित गर्याे।