बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
विराटनगरको शहीद रंगशालामा भइरहेको साफ महिला फूटबल च्याम्पियनसिपको शनिबारको खेलमा बंगलादेशलाई ०–३ गोल अन्तरले हराउँदै नेपाल समूह ए विजेता बन्न सफल भएको छ ।
नेपालले आत्मघाती गोलको उपहार मार्फत अग्रता लिएको थियो ।
खेलको छैटौं मिनेटमा अनिता बस्नेतको प्रहार ‘क्लियर’ गर्न खोज्दा बंगलादेशकी डिफेन्डर मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् ।
नेपालका लागि सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले पूर्वाद्र्धको २१औं र २७औं मिनेटमा एक/एक गोल गरे ।
सावित्राले पाएका ४ वटा मौकाको सदुपयोग गर्न नसक्दा नेपालले ३ गोलमा मात्र चित्त बुझाउनु पर्यो ।
दोस्रो हाफमा भने नेपालले बंगलादेशको दबाब खेप्नु पर्यो ।
यसअघि गत कात्तिकमा म्यान्मारमा भएको खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलको नेपालका लागि जित नै उपलब्धि थियो ।
नेपालले भुटानविरुद्ध पनि ३–० कै अन्तरको जित निकालेको थियो ।
नेपालले भारत र श्रीलंकामध्ये एकसँग सेमिफाइनल खेल्नेछ ।