दाङमा देखियो सलह, पहिले भित्रिएकै झुण्ड हुनसक्ने अनुमान
दाङमा फेरि सलहको झुण्ड देखिएको छ। दाङको देउखुरी उपत्यकाको लमही र राप्ती पारिको लालमटिया क्षेत्रमा सलहको झुण्ड देखिएको हो।
लमही नगरपालिकाका मेयर कुलबहादुर खत्रीका अनुसार लमही नगरपालिकाको वडा नम्बर ८ र लालमटिया गाउँपालिकामा सलह केही छिन बसेर दक्षिणतर्फ गएको थियो।
उनका अनुसार उत्तरतर्फबाट आएको सलह करीब दुई घण्टा बसेर उडेको थियो। प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने आफूहरुलाई दाङमा देखिएको सलहबारे कुनै जानकारी नआएको बताए।
देउखुरीमा देखिएको सलह उत्तरतर्फबाट आएको हुँदा यो पहिला नै नेपाल भित्रिएको सलहको झुण्ड हुनसक्ने अनुमान गरिएको छ।