एनसेलले शुरु गर्यो वायरफ्री प्लस वाइफाइको प्रि–बुकिङ
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायरफ्री प्लस वाइफाइ सेवाका लागि बुकिङ शुुरु गरेको जनाएको छ।
एनसेलले पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त वायरफ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको जनाएकाे छ।
यो सेवा लिनका लागि ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरमा बुकिङ गर्न सकिने बताएकाे छ।
सेवा अन्तर्गत २ वटा सिमकार्ड, प्रत्येक सिममा ५ जीबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महीना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक लगायतका डिजिटल कन्टेन्टहरुको फाइदा लिन सकिने उल्लेख गरेकाे छ।
आफ्नो आवश्यकता अनुसार कुनै पनि समूह अन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनका प्याकेजहरु लिन सकिने र प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने रु ७९९ (कर बाहेक) बाट शुरु हुने जनाएकाे छ।
प्याकेजको समयसीमा अनुसार ग्राहकले एक पटक मात्र तिर्नपर्ने ग्राहक शुल्क रु ५००, रु २,५०० वा रु ३,५०० तिर्नु पर्दछ । ४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा यो शुल्क छुट गरिएको छ । ३० दिनको समयावधि भित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने अर्थात नजोडिने बताएको छ।
शुरुमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेल्धुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटा सम्म ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध हुने पनि छ उल्लेख गरेकाे छ।