नबिल ब्याङ्क र हुवावे टेक्नलोजिज् बीच साझेदारी सम्झौता
नबिल ब्याङ्क र हुवावे टेक्नलोजिजले साझेदारीबारे समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
नबिलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा हुवावे टेक्नलोजिज् नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेङ चुगेनले २४ असारमा साे समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा नबिल ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले हुवावे जस्तो सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग सहकार्य गर्न पाएकोमा उत्साह व्यक्त गरे।
उनले सहकार्यले नबिल ब्याङ्कको ग्राहक केन्द्रित बन्ने अठोटलाई सशक्त रुपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा हुवावे टेक्नलोजिज् नेपालका प्रतिनिधिले हुवावेको क्लाउड प्रविधि आर्टिफशियल इन्टेलिजेन्स तथा मेशिन लर्निङ प्रविधि क्लाउडमा आधारित भिडियो कन्फरेन्सिङ प्रणाली लगायतका सूचना प्रविधिको प्रयोगले ब्याङ्कलाई ग्राहक सेवा प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
साथै प्रविधि साझेदारको भूमिका मार्फत ब्याङ्कलाई ग्राहकवर्गलाई सजिलो, सुरक्षित, भरपर्दो तथा स्मार्ट सेवाहरु प्रदान गर्न सशक्त बनाई दुई कम्पनी बीचको सहकार्य र आपसी विश्वासको सम्बन्धलाई नयाँ उँचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।