बन्दाबन्दीमा सर्वसाधारणलाई सीमा सिल, तस्करलाई प्रहरीकै साथ
कोरोनाभाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीमा नेपाल भारत सीमा सर्वसाधारणका लागि सीमा बन्द छ। तर, स्थानीयलाई धम्याउँदै तस्करहरुले प्रहरीकै सहयोगमा विभिन्न नाका भएर सामान नेपाल ल्याउने र भारततर्फ लैजाने क्रम बढेको छ।
रुपन्देहीको रोहिणिहवा गाउँपालिका २ का महेश लोधका अनुसार अहिले भारतबाट कपडा, मुसागुल (सूर्तीजन्य बस्तु) र विभिन्न प्रकारका नसालु पदार्थ नेपाल भित्राइएको छ । नेपालबाट मदिरा, मरिच, सुपारी, ल्याङ्ग लगायतका बस्तु भारततर्फ तस्करी भइरहेको छ ।
रोहिणिहवा २ मैनैहवाका स्थानीयले जेठ यता मात्र नेपालबाट भारततर्फ लैजान लागिएको पाँच बोरा मदिरा नियन्त्रणमा लिएका छन्। स्थानीयले मदिराका अतिरिक्त भारतबाट नेपाल ल्याउँदै गरेको एक बोरा मुसागुल, १०० थान सुईद्धारा दिइने नसालु पदार्थ र धान बाकेको ट्याक्टर समेत बरामद गरेको महेशप्रसाद लोध बताउँछन्।
उनका अनुसार रातको समयमा भगवानपुर नाका हुँदै निर्वाध कपडा र हार्डवेयरका सामान आयात भइरहेका छन्। दशगजा नजिक खेत भएका उनले पाँच कठ्ठा जग्गामा सूर्यमुखी फूल लगाएका थिए। तस्करहरुले सामान लोड अनलोड गर्दा उनको खेतमा लगाइएको फूल नै नष्ट भएको छ।
गएको २१ असारमा लु १ ज २८४५ नम्वरको गाडी दशगजादेखि ५० मिटर फरकको एउटा घरमा रोकियो । स्थानीयका अनुसार उक्त गाडीले सुपारी, ल्वाङ्ग, मरिच, लगायतका सामान ल्याएको थियो। त्यो गाडी कतै जाँच भएन।
लोधले कारोबारीहरुको नाम नै किटान गरी इलाका प्रहरी कार्यालय धकधई रुपन्देहीमा कार्बाही र क्षतिपूर्तीको मागसहित २३ जेठमा निवेदन दिएका छन्। उनका अनुसार पवन धवल, रुद्र धवल र मोहित पाण्डे लगायत तस्करीमा संलग्न छन्। तर, दोषीलाई कार्बाही गर्नुको सट्टा उल्टै प्रशासनबाट मिलापत्रका लागि दबाब दिइएको लोध बताउँछन्।
गएको २१ असारमा लु १ ज २८४५ नम्वरको गाडी दशगजादेखि ५० मिटर फरकको एउटा घरमा रोकियो । स्थानीयका अनुसार उक्त गाडीले सुपारी, ल्वाङ्ग, मरिच, लगायतका सामान ल्याएको थियो। त्यो गाडी कतै जाँच भएन।
उक्त घरलाई सञ्जय यादवले गोदाम बनाएका छन्। उनले यहींबाट सामान भारततर्फ पास गराउँछन्। यादवको डर कतिसम्म छ भने उनको बारेमा छिमेकीहरु खुलेर कुरा गर्न समेत डराउँछन्। स्रोतका अनुसार उनको भारत र नेपाल दुवै देशको नागरिकता छ।
कृषि प्रयोजनका लागि प्रयोग हुने सवारी साधनलाई पास उपलब्ध नगराएको प्रहरी र स्थानीइ प्रशासनले तस्करीले प्रयोग गर्ने सवारी साधनलाई निर्वाध सञ्चालन गर्न दिएको छ। स्थानीयहरुका अनुसार बन्दाबन्दी यता तस्करीको सामान ओसारपसार गर्ने गाडी राति मात्र नभइ दिउसो पनि प्रहरीकै गुड्छन्। ती सवारी साधनलाई प्रहरीले चेकजाँच गर्दैन।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ सीमाबाट कसैलाई पनि आउन नदिन अघिपछि भन्दा प्रहरी सक्रियता बढाएको बताउँछन्। तर, ‘सक्रिय’ प्रहरीकै अघिबाट तस्करी भइरहेको छ।
सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबारबारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा उल्टो फसाइदिने आसयको देखाएपछि आफूहरु चुप लाग्न बाध्य भएको नाम उल्लेख गर्न नचाहने रोहिणिहवाका एक स्थानीय बताउँछन् । “प्रहरी प्रशासनले गर्नुपर्ने काम हामीले गर्यौं, तर हामीलाई सहयोग भन्दा पनि असहयोग भयो,” ती स्थानीय भन्छन्, “प्रहरी प्रशासनमा जानकारी गराउँदा बढी जान्ने भए उल्टो दुख पाउने धम्की आयो।”
सीमा क्षेत्रका स्थानीय भन्सार नतिरी हुने आयात निर्यातलाई सामान्य मान्छन् । मैनहवाका रुदल हरिजन सीमाबाट अवैध रुपमा तस्करी हुनु वर्षौँदेखि सामान्य भएको बताउँछन्।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ सीमाबाट कसैलाई पनि आउन नदिन अघिपछि भन्दा प्रहरी सक्रियता बढाएको बताउँछन्। तर, ‘सक्रिय’ प्रहरीकै अघिबाट तस्करी भइरहेको छ।
सशस्त्र प्रहरी गण रुपन्देहीका प्रमुख तेजप्रसाद पोखरेल सशस्त्र प्रहरीलाई आएको सूचनाका आधारमा अवैध सामान बरामद गरिरहेको बताउँछन्। पोखरेल अवैध कारोबारीको सक्रियता बढेको स्वीकार्दै आफूहरुले नियन्त्रणको प्रयास पनि जारी राखेको दाबी गर्छन्। चैत यता रु.८२ लाख बराबरको सामान पक्राउ गरी भन्सार चलान गरेको उनको भनाइ छ।