रियल मड्रिडलाई पछ्याउँदै बार्सिलोना
स्पेनिस ला लिगामा लिग लिडर बनेको रियल मड्रिडको अग्रता बार्सिलोनाले तीन अंकले घटाएको छ। सोमबार राति भिल्लारियल विरुद्ध सहज निकाल्दै बार्सिलोनाले अग्रता घटाएको हो।
सोमबार साँझ एटलेटिक क्लबलाई पराजित गर्दै मड्रिडले सात अंकको अग्रता निकालेको थियो। तर, राति बार्सिलोनाले पनि सहज जित निकाल्दै तीन अंकको अग्रता घटाएको हो। बार्सिलोनाले भिल्लारियललाई चार–एक गोल अन्तरले पराजित गरेको थियो।
खेलको तेस्रो मिनेटमै भिल्लारियलले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो। तर, १४औं मिनेटमा भिल्लारियलले अग्रता तोड्दै खेल बराबरीमा ल्यायो।
तर, २०औं मिनेटमा लियोनल मेसीको पासमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले अग्रता बनाएको। पहिलो हाफको अन्तिम मिनेटमा बार्सिलोनाका लागि एन्टिनियो ग्रिजम्यानले गोल गर्दै तीन–एकको अग्रता बनाए।
पहिलो हाफ निकै प्रतिश्पर्धात्मक देखिएको खेल दोस्रो हाफमा भने बार्सिलोना हाबी हुन पुग्यो। तर, भिल्लारियलले गोल फर्काउन सकेन। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका आसु फाटीले ८७औं मिनेटमा गोल गरेपछि बार्सिलोना चार–एक गोल अन्तरले विजयी भयो।
जितसँगै बार्सिलोनाले ३४ खेलबाट ७३ अंक जोडेको छ भने मड्रिडले समान खेलबाट ७७ अंक जोडेको छ।