बझाङमा पहिरोमा परी ज्यान गएका एकै परिवारका ४ सहित ६ जनाको शव भेटियो
बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेसीमा शनिबार राति गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा एकै परिवारका ४ जनामा राजमती बोहोरा (वर्ष ५०), उनकै छोराछोरी ७ वर्षीय प्रयाग, १० वर्षीया अस्मिता र १५ वर्षीया शान्ति रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
त्यस्तै पहिरोमा पुरिएर ७४ वर्षका सन्तु जेठारा र ८१ वर्षका बले बोहोराको पनि मृत्यु भएको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।
केही बेपत्ता भएको स्थानीयको भनाइमा खोजी भइरहे पनि एकिन संख्या थाहा भइनसकेको कार्कीले हिमाललाई बताए।