फराकिलो बन्दै रियल मड्रिडको अग्रता, दबाबमा बार्सिलोना
स्पेनिस ला लिगामा गटाफेलाई हराउँदै रियल मड्रिडले प्रष्ट चार अंकको अग्रता बनाएको छ। बिहीबार राति सकिएको खेलमा गेटाफे मड्रिडसँग एक–शून्यले विजयी भयो।
खेल अवधिभर पुरापुर हाबी भएको मड्रिडले जित निकाल्न भने पेनाल्टीको अवसर पर्खनुपर्याे। पहिलो हाफ गोल रहित बराबरी खेलेको मड्रिडले ७९औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो।
सर्जियो रामोसले पेनाल्टी मार्फत् गोल गर्दै टीमलाई अग्रता दिलाए। उनको यही गोल नै निर्णायक बन्यो। जीतसँगै मड्रिडले आफ्नो अग्रता फराकिलो बनाएको छ। एक खेल अगाडि नै एक अंकको अग्रता बनाएको मड्रिडले जीतसँगै तीन अंक थपेको छ।
उपाधि होडमा रहेको बार्सिलोनाले ३३ खेलबाट ७० अंक जोडेको छ। मड्रिडले भने समान खेलबाट ७४ अंक जोड्दै अग्रता फराकिलो बनाएको छ।
गेटाफे र मड्रिड बीचको खेलसँगै लिगको ३३औं चरणको खेल पनि सकिएको छ। बाँकी पाँच–पाँच खेल बाँकी रहँदा बार्सिलोना दबाबमा परेको छ। अहिलेसम्मको समीकरणमा एटलेटिको मड्रिड (५९), सेभिल्ला (५७), भिल्लारेल (५४), गेटाफे (५२), रियल सोसिडाड (५०, एटलेटिको क्लब (४८) अंक जोडेको छ।