अब दराजबाट सामान लिंदा ई सेवाबाट पनि भुक्तानी गर्न सकिने
अनलाइन बजार दराजले नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक डिजिटल वालेट ई सेवासँग सहकार्य शुरु गरेको छ।
अब प्रयोगकर्ताहरूले सजिलै दराज एपमा खरीद गरेको कुनै पनि सामानका लागि ई सेवा मार्फत भुक्तानी गर्न सक्नेछन्।
यसले डिजिटल सुरक्षा अझै बलियो बनाउने र प्रयोगकर्ताहरुलाई सामाजिक दूरी कायम गर्न पनि सहयोग पुर्याउने दराजले बताएको छ।
"हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज सपिङ अनुभव दिन सक्ने कुरामा विश्वस्त छौं”, दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने।
दराजमा ई सेवा वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो ई सेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ।
लिङ्क भइसकेपछि ओटीपी मार्फत किनमेल गर्न सकिनेछ । ईसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा ३ कार्य दिन भित्र हुने जनाइएको छ।