संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको बैठकले संसद्को बजेट अधिवेशन *अन्त्य गर्ने निर्णय गरेको छ।
बालुवाटारमा बोलाइएको आकस्मिक मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ।
बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए।
आगामी सोमबारका लागि बैठक बोलाइएको थियो। तर, मन्त्रिपरिषदले बजेट अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेकाे शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए। मन्त्रिपरिषदको बैठक सकिएपछि नेकपाको स्थायी कमिटी बैठक शुरु भएको छ।
*सच्याइएको