संघीय संसदमा हिन्दी भाषा बोलेको बारे सर्वोच्चद्वारा जवाफ माग
सर्वोच्च अदालतले संघीय संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरू सरिता गिरी र अमृता अग्रहरीले हिन्दी भाषामा बोल्ने गरेको भन्दै हिन्दी भाषा बोलिएको सो रेकर्ड संसदको अभिलेखबाट हटाउन पनि रिटमा माग गरिएको छ ।
रिटमा संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिने नेपाली भाषा हुनेछ भनिएको छ । संविधानको धारा १ (२) र धारा ४८ (ख) मा संविधान र कानूनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएको छ, त्यसकारण विधायकहरुले सदनमा बोल्ने सरकारी कामकाजकै लागि हो । जो इतिहाससम्म अभिलेख हुन्छ, त्यसैले दुवै सदनमा नेपाली भाषा मात्र बोल्न लगाउनुपर्ने माग गरिएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले हिन्दी भाषामा बोल्ने गरेको भन्दै हिन्दी भाषा बोलिएको सो रेकर्ड संसदको अभिलेखबाट हटाउन पनि रिटमा माग गरिएको छ ।