रियल मड्रिड फेरि शीर्ष स्थानमा
रियल मड्रिड कम्तीमा दुई दिनका लागि पुनः ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मालोर्कालाई २-० गोल अन्तरले पराजित गरेपछि रियल गोलअन्तरको आधारमा शीर्ष स्थानमा पुगेको हो ।
रियलका तर्फबाट भिनिसियस जुनियर र सजिर्यो रामोसले गोल गरे । जितसँगै ३१ खेलबाट रियलको ६८ अंक छ । समान खेल खेलेको बार्सिलोनाको पनि ६८ अंक नै छ ।
अब शनिबार हुने खेलमो बार्सिलोनाले सेल्टा भिगोसँग उसकै घरेलु मैदानमा प्रतिश्पर्धा गर्नेछ । सेल्टा भिगो ३३ अंकसहित रेलिगेसन जोनभन्दा दुई स्थानमाथि छ । बार्सिलोनाले जितेको वा बराबरी गरेको खण्डमा अंकतालिकाको शीर्ष स्थानमा पुग्नेछ ।
कोरोनाभाइरसबाट स्थगित भएको ला लिगा शुरु हुँदा बार्सिलोना रियलभन्दा पाँच अंक अगाडि थियो । उसले एक खेल बढी खेलेको थियो । तर, गत २० जुनमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएपछि रियलले अग्रताको मौका पाएको हो ।