३० वर्षपछि लिभरपुल इपीएल उपाधि नजिक, अब २ अंक आवश्यक
लिभरपुल ३० वर्षपछि इङ्लिश प्रिमियर लिग उपाधि नजिक पुगेको छ । हिजोको खेलमा क्रिस्टल प्यालेसलाई ४-० ले पराजित गरेपछि लिभरपुल उपाधि नजिक पुगेको हो ।
लिभरपुललाई अर्को खेलसम्म पु¥याउन म्यानचेस्टर सिटीले आज हुने खेलमा चेल्सीलाई पराजित गर्नुपर्ने छ । यदि सिटी पराजित भए आजै लिभरपुलले उपाधिमाथि कब्जा जमाउनेछ । चेल्सी अंकतालिकाको चौँथो स्थानमा छ ।
चेल्सीमाथि सिटीले जित हात पार्दा ३ जुलाईमा सिटी र लिभरपुलबीच नै सिटीको घरेलु मैदानमा हुने प्रतिश्पर्धा निर्णायक हुन सक्छ । उक्त खेलमा लिभरपुल विजयी भए उपाधि जित्नेछ ।
उपाधि जितेको खण्डमा सिटीले भने लिभरपुललाई ‘गार्ड अफ अनर’ दिनुपर्नेछ । लिग विजेता भएको खेलमा हार्ने क्लबले जित्नेलाई गार्ड अफ अनर दिने चलन छ ।
अंकतालिकामा लिभरपुलको ३१ खेलबाट ८६ अंक छ । सिटीको ३० खेलबाट ६३ अंक छ । सिटीले अब आठ खेल र लिभरपुलले सात खेल खेल्न बाँकी छ ।
हिजोको खेलमा लिभरपुलका तर्फबाट अलेक्जेन्डर आर्नोल्ड, मोहम्मद सलाह, फाबियानो र साडियो मानेले गोल गरे । लिभरपुलका खेलाडीले अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेका थिए ।
सन् १९९० मा इङ्लिस प्रिमियर लिगको नयाँ संस्करण शुरु भए यता लिभरपुलले उपाधि जित्न सकेको छैन । यसपटक भने उपाधि जित्ने लगभग पक्का जस्तै भएको छ ।