बार्सिलोना फेरि शीर्ष स्थानमा, उपाधि होड रोचक बन्दै
स्पेनिस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ। एथ्लेटिक क्लबलाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो।
इभान र्याकिटिकको निर्णायक गोल सँगै बार्सिलोनाले तीन अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। मंगलबार राति सकिएको खेलको पहिलो हाफ गोलमा सकिएको थियो। तर, दोस्रो हाफमा बार्सिलोनाले अग्रता बनायो।
खेलको ७१औं मिनेटमा र्याकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना विजयी भयो।
जितसँगै, बार्सिलोनाले ३१ खेलबाट ६८ अंक जोडेको छ। आइतबार राति मात्रै बार्सिलोना शीर्ष स्थानबाट पछाडि परेको थियो। रियल मड्रिड रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। तर, दुई दिन लगत्तै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ।
आज राति मड्रिड मोल्र्लोकासँग भिड्दैछ। एक खेल कम खेलेको मड्रिड बार्सिलोनासँग तीन अंकले मात्रै पछाडि छ। अर्थात्, ला लिगामा उपाधि होड रोचक बन्दै गएको छ।