बार्सिलोना बराबरीमा रोकिदा रियल मड्रिडलाई फाइदा
स्पेनिस ला लिगामा उपाधि होडमा रहेको बार्सिलोना साेभियासँग बराबरीमा रोकिएको छ। शुक्रबार राति सकिएको खेलमा बार्सिलोना साेभियासँग गोल रहित बराबरीमा रोकिएको हो।
उपाधि होडमा रहेको बार्सिलोना गोल रहित बराबरीमा रोकिदा यसको फाइदा भने रियललाई पुगेको छ। दुवै पक्षबाट राम्रो अवसर बनाए पनि गोल भने हुन सकेन।
खेलको १२औं मिनेटमै सेभिल्लाको प्रयास प्रहार बार्सिलोनाको गोलकिपरले बचाएका थिए। यसपछि २१औं मिनेटमा लियोनल मेसीले पाएको अवसर गोल हुन सकेन। निकै प्रतिष्पर्धात्मक बनेको खेलको पहिलो हाफमा केहीबेर खेलाडीहरुबीच विवाद भयो।
दोस्रो हाफमा भने दुवै पक्षले गोल गर्न सकेन। बराबरीमा खेल सकिए पछि बार्सिलोना रियल भन्दा तीन अंकले मात्रै अगाडि छ भने रियलले एक खेल खेल्न नै बाँकी छ।
बार्सिलोनाले ३० खेलबाट ६५ अंक जोडेको छ भने रियलले २९ खेलबाट ६२ अंक जोडेको छ।