काठ कटानको अनुसन्धान गर्न छानविन समिति गठन
सरकारले वैज्ञानिक वन व्यवस्थापनको नाममा भएको काठ कटानको छानविन गर्न उच्चस्तरीय समिति बनाएको छ। डा. नेत्रराज तिमिल्सेनाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय स्रोतका अनुसार, समितिको सदस्यमा वन तथा वातावरण मन्त्रालयका सहसचिव सिन्धु ढुँगाना, मन्त्रालयका पूर्व सहसचिव अखिलेश्वर कर्ण, कान्तिराज भण्डारी र एक अर्को महिला सदस्य छन्।
१५ जेठको मन्त्रिपरिषद बैठकले वन क्षेत्रमा काठ कटान, संकलन, ढुवानी र बित्रः बितरणमा रोक लगाउने निर्णय गरेको थियो। २८ जेठको मन्त्रिपरिषद बैठकले साल प्राजति बाहेक अन्य प्रजातिका काठको ढुवानी, संकलन र विक्रि वितरण खुल्ला गर्ने निर्णय गरेको थियो ।