शुरु भयाे मनसुन, विपत्बाट यसरी बचाैं
यस वर्षको मनसुन ३० जेठबाट शुरू भएको छ । मनसुन भन्ने वित्तिकै वर्षा र बाढी मात्र बुझ्नुहुँदैन । यसबाट हुने विपत्लाई तीन समूहमा विभाजन गर्नुपर्छ । पहिलो बाढी, दोस्रो पहिरो र तेस्रो पानीजन्य रोगहरू ।
मनसुनमा सर्पको टोकाइबाट पनि मानिसहरूको मृत्यु हुन्छ । सर्पको टोकाइबाट हुने क्षतिलाई मनसुनभन्दा बाहिर राखेर हेर्नुहुँदैन । त्यसकारण मनसुनको समयमा तीनै प्रकारका विपत् चुनौतीपूर्ण छन् ।
बाढीभन्दा पहिरो हाम्रा लागि बढी जोखिम छ । बाढीले कटान र डुबान गर्छ । बाढीले पहिरोभन्दा कम मान्छेको मृत्यु हुन्छ । पहिरो भने हामीले नसोचेको ठाउँमा पनि जान्छ र बस्ती नै सखाप हुन्छ ।
प्राकृतिक विपत्का हिसाबले हामी संसारकै उच्च जोखिमको सूचीमा छौं । सानो मुलुक भए पनि समुद्री आँधीबाहेक अन्य सबै प्रकारका प्राकृतिक विपतकाे हामीले सामना गर्नुपर्छ । हरेक मनसुनमा बाढीबाट औसत १००, पहिरोबाट १०० र पानीजन्य झाडापखालाबाट हजारौंको मृत्यु हुन्छ ।
पछिल्लो पटक पर्वतमा गएको पहिरोले दुई घर बगाउँदा मानवीय क्षति भयो । बस्तीमाथि जंगलबाट आएको पहिरोले घर बगाएको छ । उक्त ठाउँमा पहिरो जाने कल्पना नै गर्न सकिंदैन । अहिलेसम्मको मान्यता रूख–बिरुवा भएको ठाउँमा पहिरो जाँदैन भन्ने छ । तर पर्वतको घटना हाम्रा लागि अनुसन्धानको विषय हो ।
प्राकृतिक विपत्का हिसाबले हामी संसारकै उच्च जोखिमको सूचीमा छौं । सानो मुलुक भए पनि समुद्री आँधीबाहेक अन्य सबै प्रकारका प्राकृतिक विपतकाे हामीले सामना गर्नुपर्छ । हरेक मनसुनमा बाढीबाट औसत १००, पहिरोबाट १०० र पानीजन्य झाडापखालाबाट हजारौंको मृत्यु हुन्छ । मनसुनमा बाढी र पहिरोले जीर्ण बनाएको सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या अलग्गै छ।
पहिला हामीले जोखिमबारे थाहा पाउनुपर्छ । अर्थात् जोखिमको पहिचान हुनुपर्छ । पहिचान भयो भने हामीले क्षति न्यूनीकरणका लागि योजना बनाउन सक्छौं।
जोखिमबारे जानकारी भए मात्र कस्तो घर बनाउने, कुन किसिमको बाली लगाउने भन्ने पहिल्यै निर्क्याेल गर्न सकिन्छ । जोखिमको पूर्व जानकारी लिने र त्यसलाई विश्लेषण गर्ने चलन हाम्रोमा एकदमै कम छ।
नेपालमा विपतकाे जोखिम छ भन्नुको अर्थ बस्नै नसक्ने अवस्था होइन । जापानमा सधैं भूकम्पको जोखिम छ । तर, मानिस बसेकै छन् । तराईमा बाढी आउँछ, त्यहाँ पनि जोखिम छ।
जोखिम न्यूनीकरण गर्नेभन्दा पनि टेण्ट, चामल, चाउचाउ, चिउरा तयार गर्ने काम पहिला गरिन्छ । यो गलत उपाय हो । हाम्रो योजना जोखिमलाई न्यूनीकरण गर्नेमा हुनुपर्छ, त्यो भूकम्प होस् अथवा सडक दुर्घटना र आगलागी ।
जोखिम न्यूनीकरण गर्नेभन्दा पनि टेण्ट, चामल, चाउचाउ, चिउरा तयार गर्ने काम पहिला गरिन्छ । यो गलत उपाय हो । हाम्रो योजना जोखिमलाई न्यूनीकरण गर्नेमा हुनुपर्छ, त्यो भूकम्प होस् अथवा सडक दुर्घटना र आगलागी । हामीले दमकल किन्नेभन्दा घर बनाउँदा नै आगोबाट बचाउने संयन्त्र बनाउन प्राथमिकता दिनुपर्छ । बाढी आउने ठाउँमा घर बनाउँदै नबनाउने भन्ने होइन । बाढीले डुबान गर्दा पनि क्षति नहुने घर बनाउनुपर्छ । त्यस्ता ठाउँमा डेढ, दुई मिटर अग्ला टाँडे घर बनाउँदा डुबानबाट बच्न सक्छौं ।
जोखिमलाई कम गराउनका लागि बीमालाई प्राथमिकतामा राख्न सकिन्छ । हाम्रो देशमा प्राकृतिक विपत्तिबाट हुने जोखिमको बीमा गर्ने चलन एकदमै कम छ । तर यो अत्यन्तै जरूरी छ । उदाहरणका लागि भूकम्पबाट घर भत्किंदा एउटा पीडित परिवारले सरकारबाट विभिन्न किस्तामा गरेर रु.३ लाख पाउने भए । यदि घर नै बीमा गरेको भए उनीहरूले त्योभन्दा बढी पैसा सहज रूपमा पाउन सक्थे ।
हामीले यस वर्ष विपत्को पूर्व तयारी र प्रतिकार्यको योजना बनाएका छौं । सबै जिल्ला विपत् व्यवस्थापन समितिलाई योजना बनाउनका लागि निर्देशन दियौं । धेरैले त्यस्तो योजना पठाइसकेका छन् । त्यसबाहेक स्थानीय तहलाई कार्ययोजना निर्माणमा सहजीकरण गर्ने काम भएको छ ।
हामीले यस वर्ष विपत्को पूर्व तयारी र प्रतिकार्यको योजना बनाएका छौं । सबै जिल्ला विपत् व्यवस्थापन समितिलाई योजना बनाउनका लागि निर्देशन दियौं । धेरैले त्यस्तो योजना पठाइसकेका छन् । त्यसबाहेक स्थानीय तहलाई कार्ययोजना निर्माणमा सहजीकरण गर्ने काम भएको छ ।
यसपालिको मनसुनमा उद्धार तथा राहत प्रदान गर्न अघिल्ला वर्षमा जस्तो सजिलो छैन । कोरोनाभाइरसको महामारीका कारण विशेष योजना बनाउनुपर्नेछ । त्यो हाम्रा लागि चुनौती हो । अघिल्ला वर्षहरूमा धेरै जनालाई एउटै ठाउँमा राख्दा हुन्थ्यो भने यसपालि त्यो छुट छैन ।
कोरोनाबाट प्रभावित ठाउँ बाढीको जोखिमयुक्त क्षेत्र हुन् । त्यसको एउटा उदाहरण बाँकेको नरैनापुर हो । त्यसकारण हामीले महामारीका बाबजूद पनि उद्धार कसरी गर्ने भन्ने तयारी गरिरहेका छौं ।
(राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. पोखरेलसँग गरिएको कुराकानीमा आधारित।)