जडीबुटी खाँंदा एकजनाको मृत्यु, पाँच बेहोस
जीउ दुखेको औषि भन्दै जडीबुटी खाँदा धनकुटामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य पाँच सदस्य बेहोस भएका छन् ।
सडकमा बिक्रीका लागि राखिएको जडीबुटी खाँदा धनकुटा नगरपालिका ९ बेलहराका ६३ वर्षीय माधव प्रधानको मृत्यु भएको हो ।
२७ फागुनको बेलुकी जडीबुटी खाएका सबै बेहोस भएपछि विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो ।
प्रधानको आज बिहान मृत्यु भएको र अन्य सदस्यको उपचार भैरहेको प्रहरीले बताएको छ ।
बिरामी हुनेमा उनकी श्रीमती नरमाया प्रधान (६१), छोरी कविता प्रधान (३१), ज्वाई दिपक प्रधान (३१), नाती कुशल प्रधान (११) र छोरी सीमा प्रधान (३७) रहेका छन् ।
उनीहरुले भेडेटारस्थित पाथिभरा मन्दीर नजिकै बेच्न राखिएको जडिबुटी खाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निरीक्षक सुरज खड्काले बताए ।