भारत वार्ता नगरी बस्न सक्दैन [भिडियो ब्लग]
प्रतिनिधिसभाको ३१ जेठको बैठकले संविधानको अनुसूचीमा रहेको राष्ट्रिय निशानछाप भित्रको मुलुकको नक्शा परिवर्तनका लागि संविधान संशोधन विधेयक पारित गरेको छ। लामो समयदेखि नेपाल–भारतबीच विवादित भूमिको रूपमा रहेको कालापानी–लिपुलेक–लिम्पियाधुरामा भारतले हालै लिङ्क रोड निर्माण र उद्घाटन गरेपछि मन्त्रिपरिषदले सो क्षेत्र समेटिएको नेपालको नयाँ नक्शा जारी गरेको थियो।
जारी नयाँ नक्शा र यसको संवैधानिक हैसियतसँगै हाम्रा लागि कालापानी–लिपुलेक–लिम्पियाधुराको पहिचान भारतद्वारा अतिक्रमित भूमि बन्नपुगेको छ । यसको प्राप्तिका लागि नेपाली प्रयत्न वार्ता र मात्र वार्ता हुनसक्छ।
अहिले भारतले वार्ता गर्दैन वा चाहँदैन भन्ने सुनिन्छ। तर, संविधान संशोधन लगत्तै आएको भारतको केही नरम प्रतिक्रियाबाटै बुझन सकिन्छ, ढिलोचाँडो नेपाल–भारतबीचको वार्तामा यो अजेण्डा आउँछ नै । फेरि पाकिस्तान, चीन वा हिजो बाङ्लादेशसँग जस्तै छिमेकमै उत्पन्न अर्को नयाँ सीमा विवादसहित लामो समय बस्न विश्व महाशक्ति बन्ने भारतीय अभ्यासकै लागि प्रतिकूल हुनसक्छ।
स्वीट्जरल्याण्डको लुजान युनिभर्सिटीमा अर्थ–राजनीतिका शोधार्थी लेखनाथ पौड्यालको भिडियो ब्लग (१२ मिनेट ४३ सेकेण्ड):