चौरजहारी घटना छानविनका लागि संसदीय विशेष समिति गठन
रुकुमको चौरजहारीमा सामूहिक आक्रमणपश्चात भएको हत्याको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ । 'चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समिति'मा ९ जना सदस्य रहेका छन्।
सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गर्ने र आवश्यक परे सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन सक्ने छ।
समितिले कार्य प्रारम्भ भएको तीस दिनभित्र रिपोर्ट बुझाउनुपर्ने छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद देवेन्द्र पौडेल संयोजक रहेको उक्त समितिमा सदस्यहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वती कुमारी विशुन्के, प्रकाश रसाइली (स्नेही), विमला बि.क., महेश्वरजंग गहतराज (अथक), मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन्।