खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका दुई जनाको मृत्यु
कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा काभ्रेको बनेपामा दुई जनाको मृत्यु भएको छ । आगलागीमा घाइते भएका बनेपा नगरपालिका–७ तरकारी बजारका दुई जनाको मृत्यु भएको हो भने अरु तीन जनाको उपचार भइरहेको छ ।
गत १६ जेठ बिहान तरकारी बजारका रुकेश ठकुरीको घरमा ग्यास पाइप चुहिएर आगलागी भएको थियो । आगलागीमा घाइत सबै पाँचै जनाको काठमाडौँस्थित किर्तीपुर वर्न सेन्टरमा उपचार भइरहेको थियो ।
जसमध्ये मंगलबार २६ वर्षीय रुकेश शाह ठकुरी र १६ वर्षीय आयुष ठकुरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जाकारी दिए। घाइतेमध्ये शोफिया ठकुरी, रचना ठकुरी र मनिष शाह ठकुरीको उपचार भइरहेको छ ।
उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। आगलागीबाट कोठाको ढोका र झ्यालहरुमा क्षति पुगेको थियो।