गोवापे र सिटी एक्सप्रेस बीच कारोबार शुरु
यूकेको रेमिटेन्स कम्पनी गोवापे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटेन्स कारोबार शुरु भएको छ। यो सेवा शुरु भएसँगै टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट पिटर्सबर्गमा रहेका नेपालीले कारोबार गर्न सक्नेछन्।
नेपालमा सिटी एक्सप्रेससँग देशभर साढे सात हजार बढी एजेन्ट रहेकाले विदेशमा रहेका नेपालीहरुलाई सहज हुने जनाइएको छ।
यो कारोबार शुरु गर्न सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र गोवापेका तर्फबाट निर्देशक तथा शेयरधनी अर्खानले हस्ताक्षर गरेका छन्।