खेलकुदमा घट्यो बजेट, पूर्वाधार निर्माण प्राथमिकतामा
आगामी आर्थिक वर्षका लागि खेलकुद क्षेत्रको बजेट घटेर आएको छ। बिहीबार सरकारले ल्याएको बजेटमा खेलकुद क्षेत्रका लागि रु. दुई अर्व ३६ करोड ६० लाख विनियोजन गरिएको छ।
चालु आर्थिक वर्ष रु.तीन अर्ब ९९ करोड बजेट विनियोजन भएको थियो। त्यही बजेटको आधारमा १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको थियो। सागमा ५१ स्वर्ण सहित ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
तर, यसपटक भने बजेट घटेर आएको छ। १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटमा खेलकुद क्षेत्रका लागि ०.१६ प्रतिशत मात्रै बजेट बिनियोजन भएको छ।
यो बजेट पनि अन्य क्षेत्रसँग जोडिएर आएको छ। खेलकुद क्षेत्रमा विनियोजन भएको बजेटको प्राथमिकता भने पूर्वाधार निर्माण छ।