९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच
देशका ९० प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । आर्थिक सर्वेक्षण २०७६/७७ का अनुसार, देशभरिका ४१ लाख ५५ हजार ६४० विद्युत ग्राहकको घरमा विद्युतको पहुँच पुगेको छ।
गत असारसम्ममा विद्युतमा पहुँच हुने नेपालीको संख्या ८८ प्रतिशत थियो । सबैभन्दा धेरै वागमती प्रदेशका ९५. ८३ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २७.७४ प्रतिशत जनसंख्यामा मात्र विद्युत पहुँच पुगेको छ।
आर्थिक सर्वेक्षणले देशमा विद्युतको उत्पादन क्षमता ८.३ प्रतिशतले बढेर १ हजार ३५५ मेगावाट पुगेको उल्लेख गरेको छ । यसमध्ये वैकल्पिक ऊर्जा (सौर्य, हावा, बायोग्याँस आदि) ६८ मेगावाट हो।
कुल विद्युत पहुँच पुगेको मध्ये १० प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जा पुगेको छ।