बन्दाबन्दी लम्ब्याउँदा बढ्छ अपराध
कोरोनाभाइरसको महामारी रोक्न सरकारले गरेको बन्दाबन्दीले दुई महीना पूरा गरेको छ। महामारीको असर अझै लामो समयसम्म जाने देखिन्छ। पछिल्लो समयमा संक्रमितहरूको तथ्याङ्क बढ्दै गएकाले नेपालमा तत्कालै समस्याको समाधान भइहाल्ला भन्ने अवस्था छैन।
नेपालमा कोरोनाभाइरसको महामारी फैलनुको महत्वपूर्ण कारण भारतसँगको अव्यवस्थित सीमा र सम्पर्क नै हो। अहिलेसम्म भेटिएका संक्रमितमध्ये अधिकांश भारतबाट आएका छन्।
अहिले पनि कैयौं नेपाली भारतबाट आइरहेका छन्। त्यसैले संक्रमण गाउँसम्म फैलने खतरा बढेको छ। किनभने भारतबाट आएका संक्रमितबाट संक्रमण समुदायसम्म फैलिने अवस्था छ।
प्रहरीमा पनि संक्रमण देखिइसकेको छ। प्रहरी जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूमा संक्रमण देखिनु अर्को खतराको घन्टी हो।
एक जना प्रहरीमा संक्रमण देखिने वित्तिकै ऊ कार्यरत पूरै चौकी नै आइसोलेसनमा जान्छ। काठमाडौंको कालीमाटी प्रहरी चौकी यसको उदाहरण हो।
प्रहरीमा संक्रमण दर दिनहुँ बढ्ने अवस्था छ। पहिला १०० जना संक्रमित पुग्न लामो समय लागेको थियो । तर, एक हप्तामै संक्रमितको संख्या दोब्बर भयो। पछिल्लो १० दिनमा त ३५० भन्दा बढी संक्रमित फेला परे।
उता संक्रमण रोक्न लगाएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प छ। बन्दाबन्दी लामो समयसम्म जाँदा अपराध बढ्ने जोखिम हुन्छ । खासगरी चोरी र लुटपाटका घटना बढ्छन् । मानिसले खान नपाउने स्थितिमा यस्ता घटना हुने हुन्।
भोकमरीबाट उत्पन्न हुने अपराधको अधिकतम रूप हत्या र हिंसा नै हुन्। अझ यस्तो वेलामा आफू बहिष्करणमा परेको ठानिरहेका राजनीतिक पार्टी र विभिन्न समूह पनि बाहिर प्रकट हुन्छन्। त्यसैले सुरक्षाका लागि प्रहरीको भूमिका झन् ठूलो हुन्छ।
पूर्वी तराईमा यसका केही संकेत देखिन थालेका छन्। जो राहत वितरणमा गए उसले कुटाइ खाएका छन्। आफन्त र आफ्ना कार्यकर्तालाई राहत वितरण गरेको आरोप जनप्रतिनिधिमाथि लाग्ने गरेको छ। यस्ता घटना क्रमशः बढ्छन्। त्यसपछि हिंसा र हत्यासम्म पुग्न सक्छ।
भोकमरीबाट उत्पन्न हुने अपराधको अधिकतम रूप हत्या र हिंसा नै हुन्। अझ यस्तो वेलामा आफू बहिष्करणमा परेको ठानिरहेका राजनीतिक पार्टी र विभिन्न समूह पनि बाहिर प्रकट हुन्छन्। त्यसैले सुरक्षाका लागि प्रहरीको भूमिका झन् ठूलो हुन्छ।
संक्रमणका कारण प्रहरी नै आइसोलेसनमा बस्दा सुरक्षा चुनौती खडा हुन्छ। अहिलेसम्म त्यस्तो सुरक्षा चुनौती देखिएको छैन। तर, राज्यलाई जतिवेला प्रहरी जनशक्ति आवश्यक पर्दछ, त्यतिवेला प्रहरी आइसोलेसन भएको अवस्था हुनसक्छ। तब अप्ठ्यारा दिन आउन सक्छन्।
यस्तो परिस्थितिहरू उत्पन्न हुन नदिनका लागि हामीले वेलैमा सोच्नु आवश्यक छ।
यो अवस्था आउन नदिनका लागि अहिले जस्तो यथास्थितिमा बन्दाबन्दी लम्ब्याइरहनुहुँदैन । उद्योग–धन्दा संचालनदेखि अन्य आर्थिक क्रियाकलाप सुरक्षित रूपमा जारी राख्नुपर्छ।
अहिले उद्योग–धन्दा बन्द छन्। मानिसहरूले बचत पैसाले दाल, चामल र नून किन्न सकेका छन् । तर, बचत सकिंदै गएको छ। दैनिक ज्यालादारी गर्ने मजदूरलाई समस्या भइसकेको छ।
संक्रमण रोक्ने नाममा निरपेक्ष ढंगबाट बन्दाबन्दी लम्ब्याउँदा त्योभन्दा ठूलो समस्या आउँछ । त्यसैले समस्यासँग जुध्दै मानिसलाई सुरक्षित भएर नियमित काममा फर्कने अवस्था सिर्जना गर्नुपर्दछ।
त्यसैले यही प्रकारले बन्दाबन्दी लम्ब्याए नागरिकको दैनिक आवश्यकता पूरा हुँदैन। त्यसकारण बाँच्नै नसक्ने अवस्था आएपछि बाहिर निस्कन बाध्य हुन्छ। त्यतिवेला ऊ कामको खोजीमा हुन्छ।
तर, काम नपाउँदा जुनसुकै तवरले पनि पैसा हात पार्न खोज्छ। यसरी नै अपराध हुने वातावरण तयार हुन्छ । त्यसैले आर्थिक क्रियाकलाप व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्दछ। आर्थिक अभावका कारण समाजमा हुने अपराध निराकरणका लागि वेलैमा सोचिएन भने नियन्त्रण गर्न सहज हुँदैन।
यसरी बन्दाबन्दी खुकुलो बनाएर आर्थिक क्रियाकलापहरू सञ्चालन गर्दा रोगको संक्रमण अहिलेभन्दा धेरै बढ्छ, यसमा शंका नै छैन। तर, संक्रमण रोक्ने नाममा निरपेक्ष ढंगबाट बन्दाबन्दी लम्ब्याउँदा त्योभन्दा ठूलो समस्या आउँछ । त्यसैले समस्यासँग जुध्दै मानिसलाई सुरक्षित भएर नियमित काममा फर्कने अवस्था सिर्जना गर्नुपर्दछ।
(अवकाशप्राप्त पूर्व प्रहरी उपरीक्षक रेग्मीसँग मुकेश पोखरेलले गरेको कुराकानीमा आधारित)
याे पनि पढ्नुहाेस् – यी सात गल्ती, जसकारण फैलियाे नेपालमा कोरोनाभाइरसको संक्रमण
याे पनि हेर्नुहाेस् – बर्रे संघर्षका कमाण्डरको बयानः पहिलो फायरपछि नै आक्रमणकारीहरू पछि हटे