सिके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले राज्यविरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा. सीके राउतलाई तारेखमा छाड्ने आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको हो ।
“निजबाट अपराधसँग सम्बन्धित दोषी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु” आदेशमा भनिएको छ ।
देश विभाजनलगायत राज्यविरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत २० मङ्सिरमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
३ माघमा उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले पनि जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो ।