कोरोनाभाइरसबाट हुने दैनिक मृत्युदर अमेरिकाभन्दा ब्राजिलमा धेरै
कोरोनाभाइरसबाट सोमबार अमेरिकामा ५०५ जनाको मृत्यु भयो भने ब्राजिलमा ८०६ जनाको मृत्यु भएको छ । आइतबार पनि अमेरिकामा ६१७ जनाको मृत्यु भएको थियो भने ब्राजिलमा ७०३ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा करीब दुई महीनापछि आइतबारदेखि मृत्यु हुनेको संख्या हजारभन्दा तल झरेको हो । त्यहाँ पहिलोपटक ३१ मार्चमा मृतकको संख्या हजार नाघ्दै एक हजार ८४ पुगेको थियो ।
त्यसबीचमा एक दिन १० मेमा मात्र हजारभन्दा तल ७५० जनाको मृत्यु भएको थियो । गएको शनिबार १०३६ जनाको मृत्यु भएको थियो ।
सोमबार १०० जना भन्दा बढीको मृत्यु हुने सात देशको पहिलो र दोस्रो नम्बरमा ब्राजिल र अमेरिकामा छन् । त्यसपछि मेक्सिकोमा २१५ जनाको मृत्यु भएको छ । भारत पाचौं नम्बरमा छ । त्यहाँ सोमबार १४८ जनाको मृत्यु भएको छ ।